१३औँ ब्रिक्स शिखर सम्मेलन भारतीय प्रधानमन्त्री मोदीले अध्यक्षता गर्ने

प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नुहुने भारत सरकारले मङ्गलवार घोषणा गरेको छ ।

शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागिता जनाउनु हुने छ ।

ब्रिक्स शिखर सहयोगमा निरन्तरता र सहमतिको लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतङ्कवादको प्रतिरोध, दिगो विकास लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग गरी जनताको आदानप्रदान बढाउने गरी चार प्राथमिकता क्षेत्रको रूपरेखा बनाएको जनाइएको छ ।

यी क्षेत्र बाहेक ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नु हुने नेता कोभिड–१९ महामारीको प्रभाव र अन्य वर्तमान अवस्थाको र क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्नु हुने बताइएको छ । –सिन्ह्वा


ताजा खबर