सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सदन चलाउन सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

 
संसद्को नवौँ अधिवेशन सुरु हुनुअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्ता गठबन्धनका दलहरूका शीर्ष नेताहरू सँगको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले विधि प्रक्रिया र प्रणालीमा सहमति गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 


बैठकमा प्रधानमन्त्री देउवाले सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्ता गठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको बैठकपछि नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बताउनुभयो । 


बैठकमा सहभागी नेताहरूले संसद् बैठकमा सत्ता गठबन्धनका सांसदहरू प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको पनि नेता गुरुङले जानकारी दिनुभयो । 


ताजा खबर