आज १ हजार ६ सय ४० जना कोरोना संक्रमित थपिए

आज देशभर १ हजार ६ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । 

९ हजार ७ सय ६७ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ४७ जना तथा ३ हजार ६ सय ८८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ९३ जना गरी जम्मा १ हजार ६ सय ४० जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसै गरी काठमाडौँ उपत्यकामा ५ सय ६८ जनामा थप संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ३ सय ४९, भक्तपुरमा ६९ र ललितपुरमा १ सय ५० गरी जम्मा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

देशभरिका १७ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा २ हजार १ सय ६१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

आज कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ८ सय ८९ जना पुगेको छ । 

यस्तै देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २९ हजार ४ सय ७९ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ४ सय ८८ जनाले आइसियु र १ सय ४० जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  


ताजा खबर