करिश्मा मानन्धर कक्षा १२ को परीक्षाको तयारीमा

नेपाली चलचित्रकी सुन्दरी नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षाको तयारी गरेकी छन् ।

सबै काम छोडेर पठनपाठनमा लागेकी छन् । स्थगित परीक्षा भदौ ३० गतेबाट सुरु हुने परीक्षा तयारीका लागि सबै काम छोडेर पठनपाठनमा व्यस्त भएकी हुन् ।

केही दिन अगाडी स्थगित गरिएको कक्षा १२ को परीक्षा हुने भएपछि अहिले आफुलाई पढाईमा व्यस्त राखिकी हुन् । बाहिरको काम धेरै आइरहेपनि असोज ४ गतेसम्म परीक्षा भएकोले परीक्षा नसकिएसम्म बाहिरको कुनैपनि कार्यक्रम, प्रोजेक्टमा आफु सहभागी नहुने मनस्थिति बनाएकी छन् । करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन् । उनको परिक्षा सेन्टर पनि सोही कलेजमै रहेको छ ।

अभिनयको अलवा पनि समाजसेवा, राजनीति लगायत धेरै विषयमा सक्रिय उनी पछिल्लो समय ब्यवसायतिर पनि लागेकी छन् । करिश्माले केही दिन अगाडिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानको व्यवसाय नेपालमा सुरु गरेकी छन् । रिसिक ट्रेडिङ कन्ट्रक्सन प्रालिमार्फत उनी इन्टेक्स ब्राण्डका सामानका लागि नेपालको आधिकारिक बिक्रेता बनेकी हुन् ।


ताजा खबर