सबैलाई तीजको शुभकामना

~शोभा पाण्डेय / सिलवाल  

पुगेकै छ खानलाउन गरेकी छु चइन

आयो तीज सुन्‍नुहोला गर्छु बइन ।

धेरै ठाउँमा पहिरो गाछ धेरै बाढी सलल

विपत् मा छन्  जनता आँसु बरर ।

राजनीतिमा छैन शान्ति नेताहरू लड्दै छन् 

एकअर्कालाई दोष लाउँदै दिन काट्दै छन्  ।

आएको छ गणतन्त्र महिला कमजोर छैनन् नि

तेत्तिस पर्सेन्ट भनेकोमा बाँच्‍ने होइनन् नि ।

राष्ट्रघाती सम्झौता नगर  है कसैले 

नेपालको अस्तित्व जोगाऊँ सबैले ।

कोरोनाले शिथिल बनाएको बेलामा 

फुट्नु भन्दा जट्नु राम्रो हुन्छ बरिलै ।

हत्या ,हिँसा, बलत्कारले जगडेको देशमा 

कडा कानुन बनाउनुस् यस्तो केसमा  ।

भोका नाङ्गा जन्ता हेर कुर्सीमा बस्‍नेले

जनताको आँसु पुछ्न पर्छ बरिलै ।

जनता हो राजनीतिको सबैभन्दा ठुलो धन

सेवा गर जनताको पलाउँछ मन ।

नौलो आयो प्रविधि नौलै आयो जमना 

यो तीजको सबैलाई शुभकामना ।                                             


ताजा खबर