भारतमा ४२ हजारभन्दा बढी सङ्क्रमित थपिए

 भारतमा गएको चौबीस घण्टामा ४२ हजार ७६६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा १७ लाख ४७ हजार ४७६ नमूना परीक्षण गरिएको छ । नयाँ थपिएका सङ्क्रमितको करिब ७० प्रतिशत केरला राज्यका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २९ लाख ८८ हजार ६७३ पुगेको छ । भारतमा हाल चार लाख १० हजार ४८ जना सक्रिय सङ्क्रमित छन् ।

मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ३८ हजार ९१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड २१ लाख ३८ हजार ९२ जना निको भएका हुन । गएको चौबीस घण्टामा ३०८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म चार लाख ४० हजार ५३३ जनाको मृत्यु भएको छ ।

भारतमा गएको चौबीस घण्टामा ७१ लाख ६१ ह्जार ७६० डोज खोप लगाएको छ । हालसम्म ६८ करोड ४६ लाख ६९ हजार ५२१ डोज खोप लगाइएको छ । –एएनआई


ताजा खबर