आज देशभर १ हजार ८९ जना कोरोना संक्रमित थपिए

आज देशभर १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन् । 


५ हजार १ सय ७० वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ सय ७६ जना तथा २ हजार ८ सय १ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय १३ जना गरी जम्मा १ हजार ८९ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


गएको २४ घण्टामा १ हजार ५ सय ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।  


आज कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ८ सय ३८ जना पुगेको छ । 


आज ५३  हजार १ सय ८२ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 


देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३१ हजार २ सय ४८ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 


जसमा ५ सय २३ जनाले आइसियु र १ सय ६२ जना सङ्क्रमितले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर