राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।    
    
त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।    


ताजा खबर