‘तीजमा चेलीको वेदना’

~शोभा पाण्डेय/सिलवाल 

वर्ष दिनको तीज आयो हामी चेली रुनलाई

माइत जान्छु स्वामी राजै दुई चार दिनलाई ।

जन्मिएको जन्मभूमि भेटी आउँछु आमाबाउ

हामी चेली स्वाभिमानी भई बाँच्‍न पाऊँ ।

जन्मिएको जन्मभूमि पराइ हुँदो रैछ नि

कता  जाऊँ र के गरौँ मनमा भइछ नि ।

जन्मभूमि बाबा आमा दाजुभाइ छोडेर

पराइ घर जानु पर्ने नाता जोडेर ।

अर्काको घरमा हामी चेली दासी झैँ

पानी खान नपाएको न्याउली प्यासी झैँ ।

राम्रोगरी ख्‍वाउनु आमा घरमा पाहुना आउनीलाई

कैल्यै सुख हुन्‍न आमा छोरी पाउनीलाई ।

मेलापात गर्छु आमा सत्तुरको माझमा

मलई सम्झी नरुनू झम्के साँझमा ।

बुढा भए आमा बाबा मेलापात गर्दा नि 

पुछ्‍न पाइन आमा तिम्रो आँसु झर्दा नि ।

धानको बाला आलीमा लरीलै लरीलै

तीजको बेला वेदना पोखेँ बरिलै ।


ताजा खबर