नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुने

पहिलो खेलमा बराबरी खेलेका नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज आइतबार हुँदैछ । साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ ।

यसअघिको पहिलो खेलमा १–१ को बराबर खेल्दै अंक बाँडेका नेपाल–भारत दोस्रो खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् । फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ ।

पाँच हजारभन्दा बढी घरेलु दर्शक माझ नेपालले खेल आफ्नो पकडमा राख्न सक्ने मौका छ ।

नेपाल र भारत अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा मैत्रीपूर्ण खेल खेलिरहेका हुन् । नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ ।


ताजा खबर