राष्ट्रपतिद्वारा २३ गते दुवै सदनको अधिवेशन आव्हान

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ । 


नेपाल सरकार मन्त्रीपरिषद्को २०७८ भदौ १९ गतेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते बुधवार, दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 


ताजा खबर