प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता रामेछापमा हुने

रामेछापको दोरम्ब सैलुङ गाउँपालिकामा ‘प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता २०७८’ आयोजना हुने भएको छ ।

गुराँसेदेवी युवा क्लबले आयोजना गर्न लागिएको प्रतियोगिता असोज ३१ गतेदेखि कार्तिक ४ गतेसम्म चल्नेछ ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै क्लबले फुटबल प्रतियोगिता आयोजना गर्नेबारे जानकारी दिएको हो । 

उपराष्ट्रपति नन्द बहादुर पुनलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिने प्रतियोगिताको मुख्य उद्धेश्य काठमाडौंबाहिर पनि फुटबल प्रतियोगिता गर्दै खेलको दिगो विकास गर्नु रहेको उल्लेख गरिएको छ । 

५ दिन चल्ने प्रतियोगितमा देशका प्रतिष्ठित क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगितमा प्रथम हुने टिमले २ लाख रुपैँया पाउनेछन् ।

द्धितिय हुने टिमले १ लाख तथा तृतिय र चौथो हुने टिमले जनही ५० हजार र २५ हजार पाउनेछन् ।

प्रतियोगितको सर्वाेत्कृष्ट खेलाडीले २० हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट किपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उच्च गोलकार्ताले समान ५–५ हजारका दरले पुरस्कार पाउनेछन् । –रासस


ताजा खबर