थप २ हजार १ सय ९५ जना कोरोना सङ्क्रमणमुक्त

थप १ हजार २ सय ६८ जनामा भाइरस संक्रमण पुष्टि

आज देशभर थप २ हजार १ सय ९५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

यो सँगै हालसम्म ७ लाख २६ हजार संक्रमित निको भइसकेका छन् भने निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज थप १ हजार २ सय ६८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । 

आज ६ हजार ७ सय ५३ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार २४ जना तथा ३ हजार १ सय २२ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज थप ९ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या १० हजार ८ सय १८ पुगेको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभरमा गरी जम्मा ३१ हजार ८ सय २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने १ लाख ७ हजार ५ सय ९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 


ताजा खबर