‘एन्थ्रेक्स’बाट चीनमा एक युवाको मृत्यु

 चीनमा ‘एन्थ्रेक्स’बाट एक १४ वर्षीय युवाको मृत्यु भएको छ । सेजिन ग्लोबलका अनुसार शान्डङ्ग प्रान्तमा मृत्युको घटना दत्र्ता गरिएको छ ।

एएनआईका अनुसार चीनको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रले १४ वर्षीय छात्रको मृत्यु हुनुअघि एक जना युवाले समेत एन्थ्रेक्सको चपेटामा परेका उल्लेख गरेकf छ ।

चीनको सीडीसीले साप्ताहिक रुपमा प्रकाशित गर्दै आएको बुलेटिनमा एन्थ्रेक्सबाट सङ्क्रमित ब्यक्तिको गत् अगष्ट छ मा मृत्यु भएको हो । ज्वरो आउने तथा मूर्छित हुने लक्षण देखिएकोमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

कसाइको काम गर्ने एक ३५ वर्षीय युवामा समेत एन्थ्रेक्स देखिएको र उहाँलाई अलग्याएर उपचार भइरहेको सेजिनले उल्लेख गरेको छ ।

जमीनमा पाइने ‘बेसिलस एन्थ्रासिस’ ब्याक्टेरिया गाईवस्तुमा पुगेपछि सम्पर्कमा आउने ब्यक्तिमा एन्थ्रेक्सको सङ्क्रमण हुने गर्दछ । –एएनआई/सेजिन ग्लोबल


ताजा खबर