क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोल कर्ता

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् । विश्वकप छनोटमा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलको सर्वाधिक गोलको कीर्तिमान भंग गरेका हुन् ।

रोनाल्डोले रेकर्ड बनाएको खेलमा पोर्चुगल २–१ गोल अन्तरले विजयी भएको छ । अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए ।

म्यान्चेष्टर युनाईटेडका फरवार्ड रोनाल्डोले सर्जियो रामोसको युरोपियन प्रतियोगितामा सर्वाधिक १ सय ८० क्यापको कीर्तिमानी समेत बराबरी गरेका छन् । रोनाल्डो यसै सिजन प्रिमियर लिग क्लब युनाईटेड फर्किएका छन् । –रोयटर्स


ताजा खबर