एभरेस्ट प्रिमियर लिगको पुरस्कार राशि वृद्धि

आसन्न एभरेस्ट प्रिमियर लिगको विजेताले पाउने पुरस्कार राशि वृद्धि गरिएको छ ।


असोजमा हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्‍याइएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने भएका छन् । सन् २०१७ मा प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउने गरेका थिए ।


त्यसलाई आयोजकले बढाएर २५ लाख रुपैयाँ पुर्‍याइएको थियो । तर यस पटक पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ ।

आयोजकले विज्ञप्ति जारी गर्दै यो पटकको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने जानकारी दिएको छ । 


६ टिमको सहभागिता रहने प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुनेछ । यो प्रतियोगिताका लागि विभिन्न टिमले खेलाडी अनुबन्धको क्रम बढाएका छन् । यस्तैमा चितवन टाइगर्सले बुधवार टिमको घोषणा गर्ने बताएको छ । 


नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशि हो । नेपालमा हुने फ्रेन्चाइजी क्रिकेट लिगमा यसअघि सर्वाधिक पुरस्कार दिने लिग धनगढी प्रिमियर लिग थियो । उसले विजेतालाई ३० लाख र उपविजेताले १२ लाख रुपैयाँ दिने गरेको थियो । 


यता पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख र उपविजेताले १० लाख रुपैयाँ दिने गरेको थियो । 


ताजा खबर