अमेरिकाले अफगान कूटनीतिक नियोग कतारमा राख्ने

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा यसअघि सञ्चालनमा रहेको आफ्नो कूटनीतिक नियोग कतारबाट सञ्चालन गर्ने जनाएको छ । काबुलबाट बहिर्गमनसँगै अफगानिस्तानमा अमेरिकी कूटनीतिज्ञको उपस्थिति लगभग शून्यको अवस्थामा पुगेको छ ।

समाचार संस्था एएनआइृका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनले काबुलस्थित कूटनीतिक उपस्थिति निलम्बन गरेको अवस्थामा अब भने दोहा कतारमा सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले छिट्टै उक्त प्रक्रिया र निर्णयबारे अमेरिकी कँग्रेसलाई आधिकारिक जानकारी गराइने बताउनुभयो ।

तालिबानसँगको सन्देश आदानप्रदान तथा आफ्ना सहयोगी राष्ट्रहरुसँग अफगानिस्तानबारे समन्वय गर्न उक्त नियोगले काम गर्ने उहाँले खुलाउनुभयो ।


ताजा खबर