काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । त्यसमा सरकारको पूर्ण सहयोग हुने उहाँले बताउनुभयो ।

 सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उहाँले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


ताजा खबर