वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन

प्रगतिशील साहित्यिक आन्दोलनका प्रखर व्यक्तित्व वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षको उमेरमा आज विहान आफ्नै निवास कालिकास्थानमा निधन भएको छ ।

छ दशकभन्दा बढी समय नेपाली साहित्य र प्रगतिशील चिन्तनमा सक्रिय साहित्यकार आनन्ददेव भट्टका काव्य, खण्डकाव्य, समालोचना र आत्मपरक निवन्धलागयतका विधाका साँढे दुई जर्दनभन्दा बढी कृतिहरु प्रकाशित भएका छन् ।

उहाँका साँइलीमैया, आमा बोलाउँछिन्, ९७ साल लागायतका कृतिहरु चर्चित रहेका छन् ।

माक्र्सवादी चिन्तन र बौद्धिक विर्मशमा क्रियाशील भट्ट लामो समयदेखि अल्जाइमर रोगबाट थलिनुभएको थियो ।
१९९३ सालमा जुम्ला जिल्लामा जन्मनुभएका भएका भट्ट प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

भट्टको शब अन्तिम श्रद्धान्जलीका लागि पशुपति आर्यघाटमा राखिने र आजै अन्तिम संस्कार गरिने प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

स्वर्गीय भट्टका श्रीमती र दुई छोराहरु हुनुहुन्छ ।


ताजा खबर