२ हजार २ सय ९५ जना कोरोना संक्रमित थपिए

१ हजार ८ सय ८ कोरोनाबाट मुक्त, १६ जनाको मृत्यु

आज देशभर २ हजार २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । 

११ हजार ८ सय ९२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९ सय २ जना तथा ४ हजार ३ सय ४१ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ९३ जना गरी जम्मा २ हजार २ सय ९५ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभर २० वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा १ हजार ८ सय ८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ३० जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३५ हजार ८ सय ७४ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ५ सय ६८ जनाले आइसियु र १ सय ६० जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यसै गरी आज ५ लाख ९७ हजार ५ सय ९८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । 

भदौ १२, १३ र १४ गते उक्त खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर