भगवान कृष्णले रक्षा गरे बरिलै

कृष्ण भगवानको जन्मसम्बन्धी तीजको गीत

शोभा पाण्डेय / सिलवाल  

देवकी र बासुदेवको बिहे हुन लाग्यो

शिरफूल दाइजो दिए बरिलै ।

पुर्‍याउन भनी आफैँ कंश गएको 

आकाशवाणी कंशले सुन्यो बरिलै ।

आकाशवाणी सुनेर बैनी मार्छु भनेर

हातमा खड्ग लियो बरिलै ।

छैटौँ गर्भ मराए,सातौँ गर्भ सराए

अष्टम गर्भ भगवान् ले बासै लिनु भो ।

भदौ महिनाको अष्टमी तिथि 

के बार पर्‍यो कृष्णको जन्म ? 

के तिथि पर्‍यो न्वारन है ?

बुधबार अष्टमीमा जन्मे बालक कृष्ण 

तृतीय पर्‍यो न्वारन है ।

तृतीया न्वारन परेको हुनाले

सातै दिन झरी पर्‍यो बरिलै ।

सातै दिन झरी परेको हुनाले

गोकुल बगाई लग्यो बरिलै  ।

गोकुल बगाई ंमथुरामा पुर्‍यायो

कृष्णले रक्षा गरे बरिलै ।


ताजा खबर