जनताको दुःखमा मलम पट्‍टी लगाऊँ

 शोभा पाण्डेय/सिलवाल  

श्रावण,भाद्र वर्षा ऋतु,पानी कति परेको ?

जतातै बाढी पहिरो झन् झन् बढेको ।

बाढी ,पहिरो नदीले बगाएर सलल

कठैबर ! धेरैको भाछ बेहाल ।

सिन्धुपाल्चोक,मेलम्चीमा हाहाकार बनायो

एकै रातमा महाजनलाई कङ्गाल बनायो ।

प्रकृतिको प्रकोपलाई कसले सक्ने रोकन ?

मानवको रोदनलाई पर्‍यो देखन ।

उर्ली आइन् सरिता धेरैको भो बिजोग

प्रकृतिलाई जित्‍न खोज्दा भयो बैराग ।

अरबपति,करोडपति, रोडपति भाका छन्

यो दुःखमा सबै पीडित रुनु रोका छन् ।

जनताको दुःखमा मलम पट्‍टी लगाऊँ

मनकारी मानवहरू मुठी फुकाऊ । 

शीतको थोपा बटुली घैला भरौँ सबैले

ती पीडितको पीडामा साथ दिऊँ मनैले ।

सरकारको राहत बजेट कहाँ जान्छ? था छैन

जनताको सरकारले  वास्तै गर्दैन ।

जनताका अभिभावक बने हुन्थ्यो सरकार

ती दुःखीका पूरा गर सबै दरकार ।                                               


ताजा खबर