हरिवंश र मिलनको ‘कालु भेना’ मा नाजिर र आँचल

 बिहीबार सार्वजनिक ‘ए कालु भेना’ बोलको यो नयाँ गीत उनले गायिका मिलन नेवारका साथमा गाएका छन् ।

गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ। गीत किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङमा बनेको छ।  

हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलले अभिनय गरेको यो गीतको भिडिओ निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन्।

गाउँघरको परिवेश र त्यहाको माहोललाई समेटेर गम्भीरले भिडिओको निर्देशन र कोरियोग्राफी निकै आकर्षक गरेका छन्। हरिवंशका गीत र भिडियोबाट अपेक्षित संदेश भिडिओमा प्राप्त गर्न सकिन्छ। 

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युबबाट रिलिज भएको छ।


ताजा खबर