सङ्क्रमणका कारण थप २७ जनाको मृत्यु, २ हजार २ सय २२ जना निको
देशभर आज थप १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
९ हजार ४ सय ९ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ नमुनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणबाट आज २ हजार २ सय २२ जना निको भएका छन् । हालसम्म संक्रमित मध्ये ७ लाख १० हजार ४ सय ५२ जना निको भइसकेका छन् ।
सङ्क्रमणका कारण आज थप २७ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
![No photo description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.6435-9/240797675_3225034537731368_3845501700132078462_n.jpg?_nc_cat=105&_nc_rgb565=1&ccb=1-5&_nc_sid=730e14&_nc_ohc=ZEc-66o4lroAX_nOH1R&_nc_ht=scontent.fktm1-1.fna&oh=0e7bb91c4f3690411784012c34ae4278&oe=614EBFC3)