रमेश दाहाल, शक्ति बल्लभव र सिर्जना थापाको कल कल झरना

नव गायिका सिर्जना थापाको पहिलो गीत ‘कल कल झरना’ आजबाट सार्वजनिक भएको छ ।

पहिलो गीत गाएपछि नै संगीत क्षेत्रमा उनको आशालाग्दो गायिकाको रुपमा पनि हेरिएको छ । रेकर्डिङकै समयदेखि उनको चर्चा भइरहेको थियो । गीतकार रमेश दाहालको शब्द र संगीतकार शक्ति बल्लभवको संगीत रहेको यस गीतमा सिर्जना थापाले स्वर भरेकी हुन् ।

यस गीतको संगीत संयोजक मनोहर सुनामको रहेको छ । गीतको रेकर्डिङ, मिक्सिङ भोला पौडेलको रहेको छ । गीतलाई स्टुडियो साउन्ड डिजाइनमा रेकर्डिङ गरिएको छ ।

गीतको स्टुडियो भिडियो निर्माण गरिएको छ । जसमा गायिकालाई नै फिचरिङ गरिएको छ । राजीव बलामीको छायाँकन एवं सम्पादन गरिएको यस भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।


ताजा खबर