देशभर २ हजार ६५ जना कोरोना संक्रमित थपिए

आज २ हजार ३ सय ३७ जना कोरोना सङ्क्रमणबाट मुक्त

आज देशभर २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

८ हजार ७ सय ५२ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ५ सय ७७ जना तथा ४ हजार ३ सय ६५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ४ सय ८८ जना गरी जम्मा २ हजार ६५ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा २ हजार ३ सय ३७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको  दर ९३ दशमलव ६ प्रतिशत छ । 

यसैगरी, गत २४ घण्टामा देशभरिबाट १ लाख ७९ हजार हजार  ८ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

देशभरि आज कोरोना सङ्क्रमणबाट २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ६३ जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३७ हजार ५ सय ९९ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ६ सय २२ जनाले आइसियु र १ सय ७१ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 

No photo description available.

ताजा खबर