भारतमा दैनिक सङ्क्रमित सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित सङ्ख्यामा फेरि वृद्धि भएको छ । गत सोमबार दैनिक सङ्क्रमित सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएकोमा बुधबार र बिहीबार उल्लेख्य सङ्ख्यामा बढेको हो।

बिहीबार चौबीस घण्टामा ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएका छन् । मृतकको सङ्ख्या पनि अहिले बढेको छ । सोमबार भने २५ हजार सङ्क्रमित दर्ता गरिएको थियो । गएको चौबीस घण्टामा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । गत सोमबार ३८९ जनाको मृत्यु भएको थियो ।

महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य बढी प्रभावित भएको छ । केरलामा मात्रै ३१ हजार ४४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो एक दिनमा २१५ जनाको मृत्यु भएको छ । केरलामा अहिले एक लाख ७० हजार २९२ सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख ५८ हजार ५३० जना रहेका छन् । तीमध्ये तीन लाख ३३ हजार ७२५ सक्रिय सङ्क्रमित छन् ।

भारतमा अहिलेसम्म तीन करोड १७ लाख ८८ हजार ४४० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार १५९ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । –एएनआई


ताजा खबर