नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

जनगायक जेबी टुहुरेको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उहाँका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।    
    
 राष्ट्रपतिले आज साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै “प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक जेबी टुहुरेको निधनको खबरले आफू ज्यादै दुःखी भएको” बताउनुभएको छ ।    
    
 प्रगतिशील सङ्गीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा गायक टुहुरेले पुर्याउनुभएको योगदान चिरस्मणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।    –रासस


ताजा खबर