नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।

संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टुहुरेको ‘आमा दिदी बहिनीको कति बस्छौं दासी भई’, बसाई हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायतका गीत चर्चित छन् । उनले १५० को हाराहारीमा प्रगतिशिल गीतहरु गाएका छन् ।


ताजा खबर