आज २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर आज २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

९ हजार ७ सय २ नमुनाको पिसिआर परिक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ नमुनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

आज १ हजार ९ सय २९ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् । हालसम्म ९३ दशमलव ५ प्रतिशत सङ्क्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

सङ्क्रमणका कारण आज थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको छ ।

देशभर रहेका ३८ हजार ३ सय ८४ सक्रिय सङ्क्रमित मध्ये ६ सय २० जनाको सघन उपचार कक्षमा र १ सय ६५ सङ्क्रमितको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

ताजा खबर