एसिया कपका लागि महिला फुटबल टोलीको घोषणा

प्रमुख प्रशिक्षक गैरी फिलिप्सले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गर्नुभएको छ । सन् २०२२ को एएफसी महिला एसिया कप छनोट खेल्ने टोलीको घोषणा गरिएको हो ।

प्रशिक्षक फिलिप्सले २३ सदस्यीय टोलीको घोषणा गर्दा बन्द प्रशिक्षणमा सहभागी पाँच जना खेलाडी बाहिरिनुभएको छ । अमिशा कार्की, अञ्चली वाइबा, मनीषा राउत, हिमा चौधरी र शर्मिला थापा बाहिरिनुभएको हो । घोषित टोलीमा तीन जना गोलकिपर छन् । अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा र उशा नाथलाई गोलकिपरको रुपमा टोलीमा स्थान दिइएको छ ।

अमृता, जैसी, अनिता बस्नेत, अनिता केसी, विमला बिके, विमला चौधरी, दीपा राई, गीता राना, हीराकुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकरले टोलीमा स्थान सुनिश्चित गर्नुभएको छ । त्यसैगरी, प्रीति राई, पूजा राना, पूनम जर्घा मगर, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटे, सबिता राना, सरु लिम्बु र सृजना सिंह टोलीका सदस्यको रुपमा अटाउनुभएको छ ।

नेपालको राष्ट्रिय महिला फुटबल टोलीले छनोट अन्तगर्तको पहिलो खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ । हङ्कङविरूद्ध नेपालले २१ सेप्टेम्बरमा उज्वेकिस्तानमा स्पर्धा गर्नेछ । –रासस


ताजा खबर