नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

। नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सोमबार सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए ।

ती मध्ये आदर्श पोखरेलले बनाएको डिजाइन छनौट भएको क्यानले जनाएको छ । पोखरेलले क्यानबाट नगद पुरस्कारसमेत पाएका छन् । पपुवा न्युगिनीसँगको दुई खेलको ओडीआईको श्रृंखला र अमेरिका, ओमानसँगको त्रिकोणीय श्रृंखला खेल्न नेपाली टिम ओमानतर्फ जाँदैछ । टिम ओमान जानुअघि टिमले नयाँ जर्सी पाएको हो ।


ताजा खबर