आज १ हजार ९ सय २० कोरोना संक्रमित थपिए

हालसम्म ८ लाख २७ हजार ६ सय ४२ नेपाली कोरोनाबाट संक्रमित

आज देशभर १२ हजार ५ सय १६ जनाको कोरोना भाइरस नमुना परिक्षण गर्दा १ हजार ९ सय २०  जना संक्रमित थपिएका छन् । 


९ हजार ४ सय ४३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ७ सय २ जना तथा ३ हजार ७३ वटा नमुनाको एजेन्ट विधिबाट परिक्षण गर्दा २ सय १८ जना गरी जम्मा १ हजार ९ सय २० जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


यो सँगै अहिलेसम्म कोरोना भाइरसबाट पिसिआर विधिबाट गरिएका परीक्षणमा ७ लाख ४७ हजार ४ सय ३३ र एजेन्ट परीक्षणबाट ८० हजार २ सय ९ जना गरी ८ लाख २७ हजार ६ सय ४२ जना संक्रमित भएका हुन । 


देशभरबाट गएको २४ घण्टामा २ हजार २ सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको  दर ९३ दशमलव ४ प्रतिशत छ । 


देशभरि आज कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५ सय ९ जना पुगेको छ । 


देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३८ हजार ७ सय ५१ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 


जसमा ६ सय ८१ जनाले आइसियु र १ सय ६९ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 


यसैगरी गत २४ घण्टामा देशभरिबाट १८ हजार ३ सय २२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 


ताजा खबर