नेपाली राष्ट्रिय क्रिकेट टिम मङ्गलवार ओमान जाने

आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजका लागि नेपाली टिम मङ्गलवार ओमान प्रस्थान गर्दैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुने बताएका छन् ।


टियु क्रिकेट मैदानमा आइतबार सञ्चार कर्मीहरूसँग कुरा गर्दै कप्तान मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन रहेको बताएका हुन् । 


आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दै छ । सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।


नेपाल क्रिकेट सङ्घ (क्यान) ले मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।


ताजा खबर