मलेसियाका नयाँ प्रधानमन्त्रीमा इस्माइली सब्री नियुक्त

पूर्व उपप्रधानमन्त्री इस्माइली सब्री याकूब मलेसियाको प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले शुक्रबार उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ६१ वर्षीय सब्री ‘यूनाइटेड मलेसिया नेशनल अर्गनाइजेशन’का वरिष्ठ सदस्य हुनुहुन्छ ।

गत् सोमबार बहुमत गुमाएपछि प्रधानमन्त्री मुहिद्दीन यास्सीनले प्रधानमन्त्री पदबाट राजिनामा गर्नुभएको थियो ।

सब्रीले मुहिद्दीन नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नियुक्त हुनुअघि गत् जुलाइ महिनामा रक्षामन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो । –एएनआई


ताजा खबर