थप ३ हजार ४२ जनामा कोरोना पुष्टि : २६ जनाको मृत्यु

 शुक्रवार देशभर १७ हजार ६ सय ५४ जनाको कोरोना भाइरस नमुना परीक्षण गर्दा ३ हजार ४२  जना संक्रमित थपिएका छन् । 

१० हजार ५ सय ३० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ७९ जना तथा ७ हजार १ सय २४ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ६३ जना गरी जम्मा ३ हजार ४२ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा २ हजार २ सय ४४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट निको भएको  दर ९३ दशमलव १ प्रतिशत रहेको तथ्याङ्क छ । 

देशभरि कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४ सय ५५ जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ४० हजार ३ सय ९ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेका  मन्त्रालयले जनाएको छ । जसमा ७ सय १४ जनाले आइसियु र १ सय ७१ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 

यसै गरी देशभरिबाट १ लाख ८० हजार २८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सँगै नेपालमा अहिलेसम्म ४९ लाख भन्दा बढीले पहिलो मात्रा खोप लगाएका छन् भने करिब ३८ लाखले  पूर्ण मात्राको खोप लगाएको मन्त्रालयले जनाएको छ । 


ताजा खबर