एमाले फेरी टुक्रियो : नेता नेपालद्वारा नयाँ दल दर्ता

संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले फुटेको छ ।

दल विभाजनका लागि सहज हुने गरी नयाँ अध्यादेश जारी भएकै दिन बुधबार वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी नामक दल दर्ता भएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । दल दर्ताका लागि नेपालसहितका नेताहरु निर्वाचन आयोग पुग्नुभएको थियो ।

निवेदनमा पार्टीको चुनाव चिह्न ‘खुला किताब’ प्रस्ताव गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तरसंघर्ष चर्किँदै गएपछि अन्ततः नेपालसहितका नेताहरुले विभाजनको बाटो रोज्नुभएको हो ।

नयाँ दलमा एमालेका दोस्रो तहका नेताहरु जान अस्वीकार गर्नुभएको छ । नेपाल समूहमा रहनुभएका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यसहितका नेताहरुले साथ छाड्नुभएको छ ।


ताजा खबर