राष्ट्रसंघ सुरक्षा परिषदमा अफगानिस्तानबारे छलफल हुने

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले अफगानिस्तानको पछिल्लो अवस्थाबारे छलफल गर्ने भएको छ ।

अफगानिस्तानमा सोमबार बिहान राजधानी काबुलस्थित राष्ट्रपति निबास तालिबानले आफ्नो कब्जामा लिएको छ । इस्टोनिया र नर्वेले सुरक्षा परिषद्मा आकस्मिक बैठकको माग गरेपछि बैठक बस्न लागेको हो ।

सुरक्षा परिषद्को बैठक सोमबार बिहान दश बजेदेखि हुनेछ । बैठकको सुरुमा संयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गुटेरसले अफगानिस्तानको पछिल्लो अवस्थाबारे जानकारी गराउनुहुनेछ ।


ताजा खबर