भारतका प्रम मोदीलाई प्रधानमन्त्री देउवाको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले ट्विट गर्नुहुँदै भारतको थप प्रगति र समृद्धिका लागि कामना गर्नुभएको छ ।

यसैगरी, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भारतका प्रधानमन्त्री मोदी र भारतीय जनतालाई बधाई तथा शुभकामना दिनुहुँदै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।


ताजा खबर