धानबाली विशेषज्ञ बस्नेतको निधन

वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पु-याउनुभएका उहाँ सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उहाँको अथक योगदान रहेको थियो । उहाँका दुई छोरी र एक श्रीमती हुनुहुन्छ ।


ताजा खबर