प्रधानमन्त्री देउवा र पूर्वकप्तान खड्काबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले शनिबार भेट्नुभएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने र ती रोमाञ्चक जित तथा मुलुकलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा उहाँलाई धन्यवाद दिनुभएको थियो ।

खड्काले यही साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गर्नुभएको थियो । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै प्रधानमन्त्री देउवाले सरकारको साथ र सहयोग सधैँ रहने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


ताजा खबर