फिफा वरियतमा नेपाल १६८ औं स्थानमा यथावत

फिफा बरियतामा नेपाल  यथावत रहेकोे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेकोे नयाँ सुचि अनुसार नेपाल १६८ औं स्थानमा यथावत रहेको छ ।

गत जुलाईमा फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७१ औं स्थानबाट एक सय ६८ औं स्थानमा पुगेको थियो ।

सन् २०१९ पछि नेपाली टिमको बरियतामा गत जुलाईमा सुधार आएको थियो । सन् २०१८ मा एक सय ६१ औं स्थानमा रहेको नेपाल त्यसपछि एक सय ७० औं स्थानमा झरेको थियो भने पछिल्लो एक बर्षदेखि एक सय ७१ औं स्थानमा नै थियो ।

फिफा विश्व वरियताको शिर्ष स्थानमा भने बेल्जियम कायमै रहेको छ । दोश्रो स्थानमा ब्राजिल रहँदा तेश्रो स्थानमा फ्रान्स रहेकोे छ ।

वरियतको चौथो स्थानमा इंग्ल्याण्ड रहेको छ भने गत संस्करणकोे युरोेकप विजेता इटली वरियताको पाचौं स्थानमा उक्लिएको छ । 


ताजा खबर