मेस्सी औपचारिक रुपमा फ्रेन्च क्लब पीएसजीमा आबद्ध

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गरेका छन् ।
मेस्सीले मंगलबार बिहान पीएसजीसँग दुई वर्ष सम्झौता गरेका हुन् ।

मेस्सीका पिता तथा एजेन्ट जोर्गे मेस्सीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौता टुंगो लगाएका थिए ‌।मेस्सी सन् २०२३ सम्म पीएसजीमा रहने छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ ।

पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने शर्तमा अनुबन्धन गरेको हो । साथै उनले बोनस लगायतका अन्य कमाइवापत १० मिलियन युरो पनि पाउने छ । यसरी हेर्दा पीएसजीमा मेस्सीको कमाई वार्षिक ३५ मिलियन हुनेछ ।

६ पटकका बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् । बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् ।


ताजा खबर