टोकियो ओलम्पिकको पदक तालिकामा चीनको अग्रता

जापानमा जारी टोकियो आलम्पिकको पदक तालिकामा चीनको अग्रता कायम नै रहेको छ । टोकियो ओलम्पिकको दशौं दिन पदक तालिकामा चीन २४ स्वर्ण अगाडि रहेको छ ।

चीनलाई पछ्याई रहेको अमेरिकाले २० स्वर्ण जितेको छ भने जापान १७ स्वर्णसहित तेस्रो स्थानमा छ । यता अष्ट्रेलियाले पनि १४ स्वर्ण जितिसकेको छ ।

ओलम्पिकको दशौं दिन आज जिमन्स्याष्टिक, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, सुटिङ, भारत्तोलन, कुस्तीलगायत खेलहरुमा स्वर्णका लागि प्रतिष्पर्धा हुँदैछ ।

यसपटकको ओलम्पिकमा एथलेटिक्स, भारत्तोलन, स्विमिङलगायतका खेलहरुमा विश्व किर्तिमान कायम भइसकेका छन् । –सिन्ह्वा


ताजा खबर