एमाले स्थायी कमिटी बैठक भोलि बस्ने गरी स्थगित

 एकताका लागि थप पहल गर्न नेकपा एमालेको स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । 


विघटित एकता कार्यदल बैठकको आग्रहपछि भोलि दिनको ३ बजे बस्ने गरी आजको स्थायी कमिटी बैठक स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।


कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको कुरा आफूले बैठकमा राखेपछि आजको बैठक स्थगित भएको उपनेता नेम्वाङले बताउनुभयो ।


आजै सिंहदरबारमा बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको थियो ।


ताजा खबर