नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

बेचेको उखुको भुक्तानी माग गर्दै उखु किसान काठमाडौं

आफूले बेचेको उखुको भुक्तानीको माग गर्दै सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आइपुगेका छन् ।

उखु किसान सङ्घर्ष समिति, सर्लाहीका सचिव हरि श्यामले सरकारसँग भएको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन आफूहरु फरि काठमाडौं आएको बताए । उहनका अनुसार आफूहरुको हिसाबअनुसार छ वटा मिलबाट ४१ करोड बक्यौता लिन बाँकी रहेको बताए ।

‘उक्त रकम आगामी भदौसम्म उठाइदिन सरकारसँग माग राख्ने र त्यो समयम्म रकम नउठे फेरि आन्दोलनमा जान्छौं,’ उनले भने ।

त्यसोत उखु किसानहरुले गत वर्ष २८ मंसिरदखि पुस १३ गतेसम्म काठमाडौंको माइतीघरमा आन्दोलन गरेका थिए । सो क्रममा एक जना उखु किसानको हृदयघातका कारण मृत्यु भएको थियो ।

आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा बोकेर सर्लाहीबाट नारायण राय यादप मंसिरको अन्तिम साता काठमाडौं आएका थिए । तर आन्दोलनकै क्रममा उनको मृत्यु भएको थियो ।


ताजा खबर