नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि

विहिवार देशभर कोरोना भाइरसबाट थप ३ हजार ३ सय ६५ जना सङ्क्रमित भएका छन् । 

९ हजार ५ सय ५५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ३ सय ३५ जना तथा ४ हजार ६ सय ८७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार ३०  जना गरी जम्मा ३ हजार ३ सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा १ हजार ३ सय ७३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 

योसँगै कोरोना भाइरसबाट अहिलेसम्म ६ लाख ५० हजार ४ सय ४५ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । 

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव १ प्रतिशत रहेको छ । 

देशभर कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

ताजा खबर