नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद ५ दिनभित्र सुल्झाइने

नेपाली काँग्रेसले क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद ५ दिनभित्र सुल्झाउने गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पछिल्लो पटक समितिलाई दिइएको १ दिनको समयभित्र छानबिन समितिले विवादित क्षेत्रको समस्या समाधान गर्न नसकेपछि यो जिम्मा पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई दिइएको बैठकपछि क्रियाशील सदस्यता छानबिन समितिका सभापति रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकले बारा, सप्तरीका सबै क्षेत्रको क्रियासित सदस्यताका सम्बन्धमा देखिएको विवाद ५ दिनभित्र समाधान गर्ने निर्णय गरेको हो । 

यसैगरी बैठकले क्रियाशील सदस्यताका सम्बन्धमा विवाद रहेका धनुषा–४, सर्लाही–२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको विवाद पनि सोही अवधिमा समाधान गर्ने निर्णय गरेको समितिका सभापति लेखकले बताउनुभयो ।


ताजा खबर