५० बर्ष माथिका छुटेका सबैलाई भोरोसेल खोप दिइने

काठमाडौं महानगरपालिका भित्र पून भेरोसेल खोप कार्यक्रम सुचारु हुँने भएको छ ।

काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो ।


महानगरले एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्र अनुसार भोली १४ गते खोप कार्यक्रम सञ्चालन हुने बताएको हो ।

खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा जान सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।


ताजा खबर