सेयर बजारको परिसूचक नेप्सेले बुधवार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
यो साताका पछिल्ला ४ मध्ये ३ कारोबार दिनमा दिनमा सेयर बजारको परिसूचकले नयाँ रेकर्ड निर्माण गरेको हो ।
नयाँ उचाइमा पुगेको बजारले हरेक दिन उच्च बिन्दुको रेकर्ड बनाउने र अर्को दिन नै भत्काउने भइरहेको छ ।
आइतबारको रेकर्ड मङ्गलवार र मङ्गलवारको रेकर्ड बुधवार तोडिएको छ ।
बुधवार केही समय ३११३ बिन्दुसम्म उक्लेको बजार बन्द हुँदा ३०९४ बिन्दुमा कायम भएको हो ।
यी दुवै बिन्दु हाल सम्मकै उच्च बिन्दु हुन् ।
बुधवार २१९ कम्पनीको सेयर १३ अर्ब २९ करोड रुपैयाँमा किनबेच हुँदा १०९ कम्पनीको मूल्य बढेको छ बाँकी अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।